राजसंस्था पुनःस्थापना जनताको विश्वासबाट हुनुपर्छः राजेन्द्र लिङदेन

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेटबाट नभएर जनताको विश्वासबाट भएको बताएका छन । र राजसंस्था पुनःस्थापना पनि जनताको विश्वासबाट गर्ने उनले बताएका छन् । उनले नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट नभएको बताए । उनले २००७ सालको परिवर्तनदेखि २०१७, २०४६, २०६२,२०६३ का कुनै पनि परिवर्तन ब्यालेटबाट नभएको उल्लेख गरे ।

उनले अहिले पनि आफूहरूले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट नभएको बताए। उनले एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा नभएको बताए । अध्यक्ष लिङदेनले भने, ‘नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट भएको छैन । २००७, २०१७, २०४६, २०६२÷२०६३ का कुनैपनि परिवर्तन ब्यालेटबाट भएका होइनन् । त्यसकारण हामीले अहिले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट होइन, जनताबाटै गर्ने भनेर हामीले निष्कर्षमा पुगेर अगाडि बढाएका हौं । आजै राजालाई ल्याएर मुकुटसहित नारायणहिटीमा भित्र्याऔँ भन्नेकुरा त मलाई के कम होला र ? हामीले योजना र रणनीति भन्नेकुरा बिर्सिन हुँदैन ।’

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राजावादीहरू सबै बराबर रहेकाले सबैले मिलेर राजसंस्था पुनःस्थापना गर्नुपर्ने बताए । उनले दलहरूसँगको सम्बन्ध बढाएर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *