बालेनलाई कुनै कार्यक्रममा नबोलाउनुःओली, भष्ट्रचारी नाइकेको कार्यक्रममा आउन्नःबालेन

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि सहभागी नहुने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन् । सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे ।

काठमाडौं महानगरका प्रमुख साह समितिमा सदस्य रहे पनि बैठकमा जाने गरेका छैनन् । उनी सोमबारको बैठकमा पनि अनुपस्थित रहे । कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैं नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए । कुनै अर्थ र महत्व नै नबुझ्नेहरुको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनको भनाइ थियो । अर्को पल्टसम्ममा सोधीखोजि गर्नुहोला । हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो की होइन सोधेर नआउने भए नाम नराख्नु होला ।’ उनले भने ।

यता मेयर बालेन शाहले आफु ओलीको कार्यक्रममा नजानुको कारण भने सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन । उनले फेसबुकमा लेखेका छन:
जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,
देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ,
त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?

भन्दै उनले कार्यक्रमनै वहिष्कार गरेका छन ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.