नेपाल दर्पण, रुकुम पश्चिम ।
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुले लडेर ल्याएको गणतन्त्रलाई कमजोर बनाउन विभिन्न खेल भइरहेको बताएका छन । पार्टी जागरण अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग यात्रामा रहेका दाहालले मंगलबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै आफूहरु समाजवादी क्रान्तिको तयारीमा रहेको बताएका छन् ।
‘अब पहिलेजस्तो भूमिगत भएर र हतियार उठाएरभन्दा पनि सडक र सदनबाट समाजवादी क्रान्तिलाई सफल बनाउन लाग्नुपर्छ,’ उनले भने । कार्यक्रममा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र कुनै पनि प्रकारका विवाद कायम रहिरहन नहुने भन्दै आफू पार्टीको सिपाही भएको र सिपाहीकै रुपमा व्यवहार गर्न चेतावनीपूर्ण धारणा राखेका थिए ।
जवाफमा अध्यक्ष दाहालले विभिन्न बेलामा पार्टीबाट धेरै नेता–कार्यकर्ताहरुले अनुशासनहीन काम गरेको तर आफूले अध्यक्षको हैसियदबाट कुनै पनि कारबाही नगरेको बताए । ‘मैले कसैप्रति कारबाहीको डन्डा चलाएको छैन । जो पार्टीबाट गए । उनीहरु आफ्नो मर्जीले गएका हुन् । हामीले कारबाही गरेर हैन,’ उनले भने । तत्कालीन ‘जनयुद्ध’ताका पनि आफू यहीं भेगमा आएर जनताबाट क्रान्तिको अनुमोदन गरेको स्मरणसमेत गरे ।
साथै दाहालले ‘जनयुद्ध’ताका आफू रुकुम, रोल्पाका विभिन्न गाउँबस्तीमा पुगेर पार्टी–संगठनका कामहरु गरेको प्रसंगलाई पनि उल्लेख गर्दै ती दिनहरुको सम्झना पनि गरे । ‘जनयुद्धका बेला पार्टीभित्र निकै ठूला आन्तरिक विवाद र बहसहरु हुन्थे, त्यो बेला म रुकुम, रोल्पा र सल्यानका बस्तीमा आएर यहाँका जनतालाई भेट्थे अनि उनीहरुका कुरा सुनेर पार्टी दस्तावेज तयार गर्थे ।’
नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने,…
नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन…
नेपाल दर्पण, काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ प्रधानमन्त्री…
नेपाल दर्पण, काठमाण्डौं । राजावादी आन्दोलनबाट आत्तिएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल…
नेपाल दर्पण, काठमाण्डौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा विशाल प्रर्दशन गरेका…
This website uses cookies.