सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

नेपाल दर्पण, काठमाडौं ।

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच सहमति भएको हो । बैठकमा शिक्षक आन्दोलन रोक्ने सहमति भएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । “वार्ता सकारात्मक भएको छ, शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ,“ उनले भने ।

मन्त्रिपरिषदको बैठकबाट नौबुँदे सहमति निर्णय गर्ने र यो अधिवेशनबाट ऐन पास गर्ने सहमति भएको उनले जानकारी दिए । सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेपछि आन्दोलनरत शिक्षकहरुले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

अहिले वार्ताबाट मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागिताका लागि गएको हुनाले आन्दोलनरत शिक्षकले उनीहरुलाई पर्खिएको शिक्षा समितिका सभापति थापाले जानकारी दिएका छन् । सहमतिको ड्राफ्ट लिएर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि निस्किएका छन् । वार्तास्थलबाट निस्किने क्रममा उनले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री पन्त आन्दोलनरत शिक्षकसँग वार्ता गर्न बसेका थिए ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि वार्ता सकारात्मक भएको बताए । उनले आज नै सहमति गरी सार्वजनिक गर्ने तयारी गरिरहेको बताए । शिक्षकका माग मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गरिने बताइएको छ । त्यसकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

15 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

2 days ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

3 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.