म्याग्दी कांग्रेसका सभापति गर्बुजा बने ऊर्जा राज्यमन्त्री

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपतिको कार्यालय शितलनिवासले आज (बुधबार) गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेको हो । उनी म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिले गर्बुजालाई बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । गर्बुजा म्याग्दी कांग्रेसका सभापति हुन् । प्रतिनिधिसभा निर्वाचनमा उनले प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठलाइ हराउँदै निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *