नेपाल दर्पण, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले वर्तमान सरकार ढल्ने बताएका छन । उनले बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचारजन्य गतिविधि बढेकाले सरकार ढाल्नुपर्ने आवश्यकता बोध भएकाले सरकार ढल्ने बताएका हुन् । कांग्रेस–एमालेसहितको गठबन्धन सरकारले विगत १० महिनामा विकास निर्माणको एउटा पनि काम नगरी देशको सार्वजनिक ऋण छ खर्बभन्दा बढी बढाएका नेता दाहालको आरोप छ । कांग्रेस–एमाले गठबन्धन सरकारले तलबभत्ता, कमिशन, राजनीतिक नियुक्ति, यस्तै प्रक्रियामा ‘ऋण लिएर घिउ खाएको’ उनको टिप्पणी छ ।
‘सरकार आफैं ढल्छ । उनीहरुभित्रकै अन्तरविरोधका कारणले ढल्छ । सरकारले गरेका बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचारजन्य गतिविधिले सरकार ढाल्नुपर्ने आवश्यकता बोध भइसकेको छ । गएको १० महिनामा विकास निर्माणसम्बन्धी काम एउटा पनि भएको छैन । तर, बजेट निर्माण प्रक्रियासम्म आउँदा झण्डै छ खर्ब तलबभत्ता, कमिशन, राजनीतिक नियुक्ति, यस्तै प्रक्रियामा छ खर्ब सार्वजनिक ऋण बढिसकेको छ । ऋण लिएर घिउ खाने जुन खालको प्रवृत्ति देखिएको छ, यसलाई अन्त्य गर्नै पर्ने हुन्छ,’– उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सत्ता साझेदार दलको रुपमा नलिएर केवल सहयोगी दलको रुपमा मात्रै स्वीकार गरेको उनले बताए । ऊर्जा राज्यमन्त्रीबाट पूर्णबहादुर तामाङलाई बर्खास्त गरेर प्रधानमन्त्री ओलीले अपमान गरेको कांग्रेसले महशुस गरिरहेको पनि उनले बताए । उक्त घटनापछि कांग्रेस सत्ता समीकरण तोड्न इच्छुक देखिएको पनि उनको दाबी छ । नेता दाहालले नयाँ समीकरण बनाउने प्रक्रियाको सुरुवात भइसकेको बताए । ‘त्यसकारण कांग्रेस यो समीकरण तोड्न इच्छुक देखिन्छ । नयाँ समीकरण बनाउने प्रक्रियाको सुरुवात भएको देखिन्छ । देउवा फर्किएर आएपछि नयाँ समीकरणको विषयमा छलफल हुन्छ भन्ने खोजिएको हो । हामीले सरकार नै ढाल्न खोजेको होइन, ढलिसकेपछि नयाँ सरकार बनाउने विषयको छलफल हो,’– उनले भने ।
राष्ट्र र जनताको निम्ति जवाफदेही र उत्तरदायी भएर, राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर, अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न र जनमैत्री शासन स्थापना गर्नका निम्ति कांग्रेसले सत्ता समीकरण परिवर्तन गर्न चाहेको आफूहरुलाई अनुभूत भइरहेको उनले बताए । ‘यो बारेमा नेपाली कांग्रेस आफैं तयार हुनुपर्छ । पछिल्लो समयमा नेपाली कांग्रेस तयार भएको हामीले अनुभूति गरेका छौं,’– नेता दाहालले भने ।
नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने,…
नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन…
नेपाल दर्पण, काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ प्रधानमन्त्री…
नेपाल दर्पण, काठमाण्डौं । राजावादी आन्दोलनबाट आत्तिएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल…
नेपाल दर्पण, काठमाण्डौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा विशाल प्रर्दशन गरेका…
This website uses cookies.