कर्मचारीलाई २४ घण्टाभित्र विद्यालयको चावी लिएर आन्दोलनमा उत्रिन उर्दी

नेपाल दर्पण, काठमाडौं ।

नेपाल विद्यालय कर्मचारी परीषद्ले २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौँको आन्दोलनमा अनिवार्य सहभागी हुन सबै प्रदेश, स्थानीय कार्यसमिति र कर्मचारीहरूलाई निर्देशन दिएको छ । परिषद्ले आज विज्ञप्ति जारी गरी कक्षा १२ को परीक्षामा सहभागी हुन लागेको जानकारी आएको भन्दै उनीहरूलाई यस्तो निर्देशन दिएको हो ।

‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भईरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’– परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासंघसँग सरकारले विभिन्न समयमा गरेको सम्झौता कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित शिक्षक र विद्यालय कर्मचारीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । यो शिक्षक कर्मचारीहरूको आन्दोलनमा कसैलाई छुट नहुने पनि परिषद्ले जनाएको छ । ‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्तिमार्फत सूचना प्राप्त भएको २४ घण्टामा चावी लिएरै काठमाडौँमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारीहरूलाई प्रयोग गरेर भए पनि वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक कर्मचारीहरू थप रुष्ट बनेका छन् । गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझैंसम्म निष्कर्षमा पुगेको छैन । सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै आलोचना भइरहेको छ ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.