शिक्षकहरुको माग पुरा गर्नुको साटो उल्टै प्रतिगामीलाई साथ दिएको ओलीको आरोप

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामा आउन आउन आह्वान गरेका छन् । उनले संभव मागहरु पूरा गर्न सरकार तयार रहेको भन्दै वार्तामा आएर सहमति गरी कार्यस्थलमा फर्किन आग्रह गरे तर शिक्षहरु भने आफ्नो माग पुरा नभएसम्म वार्तामा नआउने बताएका छन ।

उनले नेपाल शिक्षक महासंघले औपचारिक वार्ता नै नगर्ने भनेकामा आपत्ति जनाए । “सरकार सम्भव हुने माग पूरा गर्छ । तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्,” उनले भने, “औपचारिक वार्तै गर्नु हुन्न भन्ने अनौठो सुनेको छु आन्दोलन । वार्ता नगर्ने के भन्या त्यो ? वार्तामा आउनुुस्, कुरा गर्नुस् । सम्भव कुरा सरकारले गर्दिन्छ । फर्केर आ–आफ्ना काममा जानुुस् ।”

उनले सामुदायिक विद्यालयमा भर्ना नभएपछि विद्यार्थी निजीमा जाने जोखिम औँल्याए । “भर्ना छोडेर उहाँहरू यहाँ बसिरहनुभएको छ । सामुदायिक विद्यालयमा भर्ना नहुने, त्यसो भएपछि त निजी विद्यालयमा भर्नाको लहर जाने भयो,” उनले भने, “उहाँहरूलाई पनि कुनै लाभ छैन । विद्यार्थीलाई घाटा छ । अभिभावकलाई पीडा छ ।”

प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा ऐनका निम्ति यतिविघ्न दुःख गर्नु नपर्ने समेत बताए । उपयुक्त समयमा कापी जाँच गरेर ‘रिजल्ट’ निकाल्न पनि शिक्षकलाई उनले आग्रह गरे । समयमै रिजल्ट नगर्दा विदेशका क्याम्पसले नपर्खने उनको भनाइ थियो । उनले प्रतिगामी सल्बलाएका बेला साथ पु¥याउने गरी आन्दोलन किन ? भन्दै शिक्षकलाई प्रश्न गरे ।

स्मरण रहोस, शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षणलगायतका काम प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *