शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्रीले दिइन राजीनामा


नेपाल दर्पण, काठमाडौं ।
शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । शिक्षकहरू २० दिनदेखि सडक आन्दोलनमा गरिरहेका छन् । उनीहरुको माग सम्बोधन गर्न सकस भइरहेका बेला उनको राजीनामालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर शिक्षकहरूले सडक तताइरहेका बेला मन्त्री भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी हुन् । भट्टराई ०८१ असार ३१ मा मन्त्री नियुक्त भएकी थिइन् । उनी कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव अपेक्षा निरौलाले जानकारी दिइन् ।