बुटवलमा युवतीमाथि गोली प्रहार


नेपाल दर्पण, काठमाडौं ।
रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९ बजेतिर एक युवतीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आज बिहान बुटवलको बुद्धनगर बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । पाल्पा स्थायी घर भएकी विष्टको ढाडमा गोली लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।
“२८÷२९ वर्षीया विष्टको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,” उनले भने, “अवस्था मध्यम रहेको खबर आएको छ ।” बिहान करिब ९ बजे विष्टमाथि गोली प्रहार भएको उनले बताए । कसले गोली हान्यो र किन हान्यो भन्ने खुल्न बाँकी रहेको डीएसपी कार्कीले जानकारी दिए । “मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको भन्नेछ । तर, कसले र किन हान्यो भन्ने खुल्न बाँकी छ,” उनले भने, “कुन हतियारबाट गोली हानिएको हो अनुसन्धान गर्न बाँकी छ ।”