नेपाल दर्पण, काठमाडौं ।
राजावादीहरुले दलहरुलाई कडा चुनौती दिएका छन । राजाको पक्षमा आन्दोलन गर्ने एक वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले मुलुकलाई द्वन्द्वमा जान नदिने हो भने दलहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । नयाँ वर्षको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको सन्देशले मुलुकको रोडम्याप प्रष्ट गरेको उनको दाबी छ । ‘अहिलेका राजनीतिक दल र नेताहरुलाई पनि अब राजाबाट जे सन्देश आयो, त्यसको अब विकल्प हुन सक्दैन । त्यसलाई तपाईँहरुले स्वीकार गर्नुको विकल्प छैन । यो मुलुकलाई हामीले अगाडि बढाउने हो भने, मुलुकलाई द्वन्द्वमा जान नदिने हो भने, मुलुकलाई शान्तिपूर्ण निकासमा लाने हो भने राजाले डेमोक्रेशीलाई स्वीकार गरिबक्सेको छ, संवैधानिक राजतन्त्रलाई स्वीकार गरिबक्सेको छ ।
नागरिकहरुको सार्वभौमसत्तालाई स्वीकार गरिवक्सेको छ । नागरिक पनि राजनीतिक शक्तिको स्रोत हुन भनेर स्वीकार गरिबक्सेपछि तपाईँहरुको राजनीतिक दृष्टिकोण र राजाको दृष्टिकोणको पछाडि अब कुनै पनि विमति छैन । राजासँग अब तपाईँहरुले विमति राख्ने ठाउँ सकियो । यदि तपाईँहरुले यो कुरा स्वीकार गर्न सक्नुहुन्न भने तपाईँहरु देशको लागि होइन, आफ्नो स्वार्थका लागि राजनीति गरिराख्नु भएको छ,’– उनले भने । आफू र राजसंस्थाबीच रहेको विमति पनि उक्त सन्देशले समाप्त पारेको उनले बताए । ‘वैशाख १ गते महाराजधिराजबाट जुन सन्देश आयो, त्यो सन्देशले मुलुकको रोडम्याप प्रष्ट अगाडि सारेको छ । राजासँगका मेरो जुन विमति थिए, ती विमतिहरु समाप्त भएका छन् । त्यसैले म अब राजाको यो रोडम्यापलाई म खुला रुपमा साथ दिन्छु । आम नेपाली नागरिकहरुलाई पनि अब राजालाई हामीले साथ दिने बेला आयो । हरेक नेपाली नागरिकले अब राजाको यो सन्देशलाई हृदयंगम गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी प्रत्येक नेपालीमाथि आएको छ,’– उनले भने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठूलो भ्रष्टाचार भएको रिपोर्ट प्रतिनिधि सभाको उपसमितिले सार्वजनिक गरिसकेको बताउँदै उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्नका लागि अभिभावकको खाँचो रहेको बताए ।
नेपाल दर्पण, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले…
नेपाल दर्पण, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परीषद्ले २४ घण्टाभित्र विद्यालयको चावी लिएर काठमाडौँको आन्दोलनमा…
नेपाल दर्पण, काठमाडौं । शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्…
नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामा आउन आउन आह्वान गरेका छन्…
नेपाल दर्पण, काठमाडौं । रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगर…
नेपाल दर्पण, काठमाडौं । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा…
This website uses cookies.