अमेरिकाले गर्यो यमनको हुथी विद्रोहीमाथि आक्रमण, ५८ जनाको मृत्यु, १२५ घाइते

नेपाल दर्पण, काठमाडौं ।

अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टीभीले जनाएको छ ।

आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको र कम्तीमा २० जनाको मृत्यु भएको बताइएको थियो । रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ । रेड सी र एडेनको खाडीमा रहेका असैन्य पानीजहाज र सैन्य जहाजमाथिको आक्रमणलाई अन्त्य गर्न सकियोस् भनी वासिङ्टनले मार्च १५ देखि हुथी विद्रोहीमाथि दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले इरान समर्थित हुथी ‘आतङ्ककारी’का लागि इन्धनको यो स्रोतलाई समाप्त गर्न र उनीहरूलाई अवैध राजस्वबाट बञ्चित गर्न कदम चालेको छ । दश वर्षभन्दा बढी समयदेखि जहाजहरूलाई आतङ्कित पार्ने हुथी प्रयासविरूद्ध आर्थिक सहयोग गरेको छ ।”

हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले पाँच जना प्यारामेडिक्ससहित २० जनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको संख्या यो भन्दा निकै बढी भएको बताए । “अमेरिकी आक्रमणपछि रास इसा तेल बन्दरगाह आक्रमणमा कम्तीमा ५० जना कामदार र कर्मचारीहरू घाइते भएका छन्,” उनले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा उल्लेख छ । उनले भने, “केही मृत शरीरका अंगहरुको पहिचान हुन बाँकी छ । मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.