राजावादीहरुको विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शन गर्ने

नेपाल दर्पण, काठमाडौं ।

राजावादीहरुको उत्साह देखेर अत्तालिएका प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति प्रदर्शन गर्ने भएका छन । काठमाडौंमा हुने उक्त शक्ति प्रदर्शनमा ४० वर्ष नकटेका १ लाख युवाहरूलाई सहभागी गराइने तयारी रहेको बताइएको छ । यस्तै ओलीले आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा ‘विजय उत्सव’ मनाउन आग्रह गरेका छन् । २०६३ साल वैशाख ११ गते तत्कालीन राजालाई पराजीत गराएर देशमा लोकतन्त्र स्थापना भएको दिन उत्सवको रुपमा मनाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज (बिहीबार) नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै भने, ‘जनतालाई फेरि रैती बनाएको थियो, हिजाअस्तीसम्म । २०६३ साल वैशाख ११ गते त्यसलाई पराजीत गरेर, विघटित संसद् पुनस्र्थापना गरेर, जनताको आधिकार जनतामा ल्याएर हामीले विजय हासिल गरेको दिन हो । वैशाख ११, त्यस दिन हामीले युवा महोत्सवको रुपमा, विजय दिवसको रुपमा, विजय उत्सवको रुपमा काठमाडौंमा युवा महोत्सव मनाउँदै छौं ।’

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले वैशाख ११ गतेको युवा उत्सव मनाउने निर्णय गरिसकेको छ । शक्ति प्रदर्शनलाई ऐतिहासिक बनाउने एमालेको तयारी रहेको छ ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.