यू–१९ आईसीसी विश्वकप एशिया छनोटअन्तर्गत खेलमा नेपालले लगातार दोस्रो जित


नेपाल दर्पण, काठमाडौं ।
यू–१९ आईसीसी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको खेल जितेर नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै खेल जितेको हो । जितका लागि ओमानले पहिले ब्याटिङ गर्दै दिएको ११८ रनको लक्ष्य नेपालले १४ ओभर ३ बलमा २ विकेटमात्र गुमाएर भेट्टायो ।
नेपालको जितमा निरजकुमार यादवले सर्वाधिक ४६ रनको योगदान गरे । साहिल पटेलले ४३ रन तथा कप्तान नरेन भट्टले अविजित १२ रन बनाए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमात्र बनाउन सक्यो । ओमानका लागि जीतव्रजेश शाहले सर्वाधिक ५२ रनको योगदान गरे भने सिद्धार्थ सौम्य शंकरले १६ रन तथा प्रतिश हेमा रमेशले १० रन बनाए । बलिङतर्फ स्पिनर युवराज खत्रीले सर्वाधिक ५ विकेट लिए ।
ओमानका लागि जित शाहले सर्वाधिक ५२ रन बनाए। उनले ७८ बलमा ६ चौका प्रहार गरे। ओपनर सिद्धार्थ शंकरले १६, प्रथिश हेमा रमेशले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसैगरी तल्लो मूलपानीमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा अफगानिस्तानले ओमानलाई ८ विकेटले हराएको थियो । जितसँगै २ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।