पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘व्यर्थको प्रयत्न’मा नलाग्न एमालेको आग्रह

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एमाले)ले राजतन्त्र पुनस्र्थापना गर्ने ‘व्यर्थको प्रयत्न’मा नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेको छ । सोमबार च्यासलमा बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनताले अस्वीकार गरिसक्दा पनि पूर्वराजा शाहले नबुझेको बताए । “उहाँ (पूर्वराजा शाह)को मनमा अझै पनि मुलुकको अहिलेको गणतान्त्रिक प्रणालीलाई बदल्न सकिन्छ कि भन्ने आशा देखिन्छ त्यो व्यर्थको कुरा हो । त्यो ढंगका कुनै पनि प्रयासमा उहाँ नलागे हुन्छ,“ ज्ञवालीले भने ।

“उहाँले शासन चलाएको बेला के थियो, मान्छेले देखिसकेका छन् । तपाईं हामी यहाँ सबै जीवित छौँ के थियो त त्यसो भए त्यो ? त्यसकारणले उहाँको नेतृत्वको त्यो तन्त्रले जनताका सारा अधिकार खोसेका कारणले, पटकपटकका सम्झौता उल्लंघन गरेकै कारणले नेपाली जनताले अहिलेको व्यवस्था ल्याएका हुन्,“ उनले भने । ज्ञवालीले चैत १५ गतेको तीनकुने घटनापछि पनि पूर्वराजा शाहमा कुनै पश्चाताप नरहेको बताए ।

“उहाँको मनमा अझै पनि त्यत्रो ठूलो दुर्घटना घट्यो, नेपाली जनताले त्यसलाई अस्वीकार गरिसके, यो अनावश्यक व्यर्थको प्रयत्न रहेछ । हिजोको बाटो पनि गलत रहेछ, मैले जिम्मा दिएका पात्रहरू पनि गलत रहेछन् भनेर रिग्रेट भएन । एउटा नागरिकको हैसियतले म अहिलेको मुलुकको प्रणालीलाई सहयोग गरेर अगाडि बढ्छु भन्नुपर्नेमा उहाँले गर्नुभएन,“ ज्ञवालीले भने । तीनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘१५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण रुपमा व्यक्त गर्नुभयो । सर्वसाधरणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश …’ बैठकपछि ज्ञवालीले भने, ‘उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो । त्यसो भएको हुनाले यस्ता खाले कुनै पनि क्रियाकलाप नगर्नका निम्ति हामीले उहाँलाई भनेका छौं ।’

एमाले बैठकले व्यवस्था उल्ट्याउने प्रयासलाई अबाञ्छित र असफल भनेको छ । ‘मुलुकले लोकतान्त्रिक गणतन्त्रको कोर्स लिइसकेको छ, यसलाई उल्ट्याउने कुनै पनि प्रयास अबाञ्छित हुन् र ती असफल हुनु अनिवार्य छन् । त्यस्तो कुरा नहोस् भन्ने प्रष्ट पार्ने काम बैठकले गरेको छ,’ उपमहासचिव ज्ञवालीले भने । उपमहासचिव ज्ञवालीले पूर्वराजा शाहले ‘जनताको असन्तुष्टि नसुन्ने कुनै पनि तन्त्र नहुने’ भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.