दुई समुदायबीचको झडपपछि वीरगञ्जमा जारी कफ्र्यु लम्बियो

नेपाल दर्पण, वीरगन्ज ।

हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा शनिबार दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कफ्र्यु आदेश लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कफ्र्युको समय थप गरेको हो । आइतबार राती १२ बजेसम्म कफ्र्यू थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आइतबार राती १२ बजेसम्मका लागि कफ्र्युको समय थप गरिएको हो । कफ्र्यूको समय थप गरेसँगै वीरगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । उनका अनुसार पूर्वमा वीरगन्ज–१५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज–२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज–१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज–१६ को शंकराचार्य चोकसम्म कफ्र्यु लगाइएको हो ।

हिजो (शनिबार) हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा दुई समुदायबीच झडप भएको थियो । त्यसपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार दुवै समुदायबीच सहमति हुन नसकेपछि कफ्र्यु आदेश लम्ब्याइएको हो । शनिबारको झडपमा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएका थिए । प्रशासनले पूर्वमा बाईपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेट सीमाना तोकी कफ्र्यु आदेश जारी गरेको हो ।

‘हिजो मिति २०८१÷१२÷३० गते साँझ ७ः३० बजेदेखि मिति २०८१÷१२÷३१ गते दिनको १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्र भित्रका केही स्थानहरुमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएकोमा देहाय बमोजिमका चार किल्ला तोकी आज मिति २०८१÷१२÷३१ गते राति १२ः०० बजेसम्मका लागि उक्त कफ्र्यू आदेशको समयावधि थप गरिएको छ,’– प्रमु्ख जिल्ला अधिकारीद्वारा अर्यालद्वारा जारी आदेशमा भनिएको छ ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.