दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल सजाय या देश निकाला गरिने


नेपाल दर्पण, काठमाडौं ।
अमेरिकामा अब ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकले े ‘एलियन रजिस्ट्रेसन एक्ट’ अन्तरगत संघीय सरकारमा दर्ता गर्नुपर्ने भएको छ । प्रेस सचिव कैरोलाइन लैवेटले अनुसार यो ऐन पालना नगर्नेलाई जरिवाना, जेल वा दुवै सजाय हुनेछ । “अप्रिल ११ एलियन रजिस्ट्रेसन एक्ट अन्तर्गत दर्ता गर्ने अन्तिम मिति थियो ।
क्यारोलिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उदृत गर्दै भनिन्, “राष्ट्रपति ट्रम्प र गृहसुरक्षा सचिव क्रिस्टी नोएम दुवैले भनेझैं यदि तपाईंले दर्ता गर्नुभएन भने पक्राउ गरेर जरिवाना गरिनेछ । देश निकाला गरिनेछ र कहिल्यै हाम्रो देश फर्कन सक्नुहुने छैन ।” यसैबीच, अमेरिकी गृहसुरक्षा विभागले अप्रिल ११ मा जारी गरेको प्रेस विज्ञप्तिमा विदेशी नागरिकलाई पनि यस ऐनअन्तर्गत दर्ता गर्न भनिएको थियो ।
गैरकानुनी रूपमा प्रवेश गर्नेहरूलाई राष्ट्रपति ट्रम्पले अमेरिका छोड्न भनेका छन् । अप्रिल ११, २०२५ पछि अमेरिका पुग्ने विदेशी नागरिकलाई उनीहरूको आगमनको ३० दिनभित्र दर्ता गर्न भनिएको छ ।