भारतले नेपालमा हिन्दूराष्ट्र र राजसंस्था चाहदैनः भारतीय नेता

नेपाल दर्पण, काठमाडौं ।

भारतका एक नेताले नेपाललाई हिन्दूराष्ट्र बनाउन नचाहेको बताएका छन । भारतका प्रभावशाली नेता केसी त्यागीले भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन नचाहेको स्पष्ट पारेका हुन । उनले भने, भारत आँफै हिन्दूराष्ट छैन, भारतले किन नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहन्छ र ? नेपाल अहिले सेकुलर राष्ट छ, नेपालको संविधानको ढाँचामा केही परिवर्तन गर्ने हाम्रो कुनै प्रयास छैन् ।

अर्का नेता सुधिन्द्र भदौरियाले नेपालमा ठूलो त्याग र तपस्यापछि अहिलेको परिवर्तन र लोकतन्त्र आएको बताए । उनले नेपालमा अब राजसंस्था आउन नहुने धारणा राखे । नेपालमा विकास र समृद्धिको सुधार भएको स्विकारे । तर, विकासको गति अझै नपुगेको उनको भनाई छ । भारतमा लोकतन्त्र हुँदा नेपालमा पनि लोकतन्त्र नै हुनुपर्ने भारतको चाहना रहेको उनको भनाई छ । भारतमा लोकतन्त्र र नेपामा राजशाही हुनै नसक्ने पनि भदौरियाको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *