गणतन्त्र ल्याउने निर्णय मैले र गिरिजाप्रसादले गरेको हो, प्रचण्ड पछि आएका हुनःनेपाल

नेपाल दर्पण, काठमाडौं ।

(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालमा गणतन्त्र ल्याउने निर्णय आफू र स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले गरेको बताएका छन् । उनले गणतन्त्र ल्याउनमा सबैभन्दा ठूलो योगदान आफ्नो र स्वर्गीय गिरिजाको रहेको बताएका हुन् । गणतन्त्रको बाटोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिमात्रै आएको उनले बताए ।

उनले मंसिमा आफू र गिरिजाले बसेर देशमा गणतन्त्र ल्याउने सहमति गरेको बताए । ‘२०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ। हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो,’– उनले भने । साथै, आफूले पूर्वराजाका सचिवले राजतन्त्र फर्काउने ज्ञानेन्द्रको इच्छा छैन भन्ने अभिव्यक्ति आएको बताए । पूर्वराजा ज्ञानेन्द्रको नाम लिएर अरुले फाइदा उठाउन खोजेको प्रष्ट भएको अध्यक्ष नेपालले बताए । उनले राजनीति गर्न मन भए पूर्वराजालाई ज्ञानेन्द्रलाई दल खोलेर प्रतिस्पर्धामा आउने सुझाव दिए । चुनावमा जितेर बहुमत ल्याउएर देश र जनताको कल्याण गरेदेखि त्यसलाई खुसीकै कुरा मान्नुपर्ने अध्यक्षले नेपालले बताए ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त जिकिर गरेका हुन् । कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको अध्यक्ष नेपालले बताए । ‘हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ,’ उनले भने, ‘सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’

अध्यक्ष नेपालले पछिल्ला घटनाक्रमप्रति लक्षित गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको बताए । ‘अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन भनेपछि मन शान्त भएको छ । यदि त्यसो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु,’ नेपालले भने, ‘राजनीति गर्नु छ भने पार्टी खोल्नूस् । जनताको बीचमा जानूस् । बहुमत ल्याउनूस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो हो । हामीले त केपी ओलीलाई समेत राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने, अनुहार नै मन नपराउने मान्छेलाई त राम्रो गरिदिनूस् भनिरहेका छौँ । हामीले कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौं ।’

अध्यक्ष नेपालले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताए । राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै उनले अरुलाई दोष दिएर मात्रै नहुने जिकिर गरे । राजावादीको आन्दोलनका बेला एमाले, कांग्रेस, माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरक्षा दिए पनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै नेपालले सरकारको आलोचना गरे । उनले आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *