नेपाल दर्पण, काठमाडौं ।
फेरि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा भैरहवा पु¥याइएको छ । शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका उनलाई राति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । बिहान साढे ७ बजे नै विमानस्थलमा पु¥याइएको भए पनि विमान ढिलो हुँदा भएपछि ढिलोगरी भैरहवा लगिएको हो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो । यही मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
रवि पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ परेलगत्तै रास्वपाको सचिवालय बैठक बसेको थियो ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.