रवीन्द्र मिश्र, धवलशमरलाई दोस्रो पटक म्याद थप


नेपाल दर्पण, काठमाडौं ।
प्रहरीले पक्राउ गरेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमेर जबरासहित ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । चैत्र १५ गते शुक्रबार काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको प्रदर्शनमा संलग्नता रहेको भनेर मुद्दा चलाइएको हो ।
म्याद थपको लागि उनीहरुलाई आज काठमाडौं जिल्ला अदालत लगिएको थियो । उनीहरुलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । उनीहरु जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।