नेपाल दर्पण, काठमाडौं ।
काठमाडौंं महानगरपालिका प्रमुख बालेन्द्र शाहले शिक्षकहरुलाई धन्यवाद दिएका छन् । फोहोर नगरी र केही नभत्काई आन्दोलन गरेको भन्दै उनले धन्यवाद दिएका हुन । आजको प्रदर्शनमा उनीहरुले सभ्य तरिकाले प्रदर्शन गरेको भन्दै बालेनले धन्दवाद दिएका हुन् । उनले आफ्ना विद्यार्थीहरुलाई पनि त्यस्तै सभ्य विरोधको शैली सिकाउन आग्रह गरेका छन् ।
शिक्षकहरुलाई धन्यवाद दिँदै बालेनले भनेका छन्, प्रिय शिक्षकहरू । तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केहि नभत्काई गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला । हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।’ शिक्षा ऐन जारी गर्न संघीय सरकारलाई दवाब दिने भन्दै आजबाट शिक्षकहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.