नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर थाइल्याण्डतिर लागेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम सिंहलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् । उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न पाउनेछन् ।
बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास) को छैटौं शिखर सम्मेलनमा नेपालको सहभागिता जनाउन प्रधानमन्त्री ओली आज थाइ एयरमार्फत बैंकक प्रस्थान गरेका हुन् । ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन मन्त्री बद्री पाण्डे,सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए ।
भ्रमण दलमा परराष्ट्रमन्त्री आर्जु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतकुमार राई लगायतका सरकार कर्मचारी र सहयोगी रहेका छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा थाई प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुने र पर्यटन तथा संस्कृतिका सन्दर्भमा दुईवटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाई समकक्षीसँगै संयुक्त प्रेस ब्रिफिङमा भाग लिने र थाई राजासँग भेटवार्तापछि थाइल्यान्डको एकदिने औपचारिक भ्रमण समाप्त हुने उनको भनाइ छ ।
नेपाल–थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षको इतिहासमा नेपाली प्रधानमन्त्रीको स्तरबाट थाइल्यान्ड भ्रमण हुन लागेको हो । यो विषयमा प्रधानमन्त्रीले भने, ‘यसबीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीँबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको अवस्था रहेछ । त्यसलाई अन्त्य गर्न यसपटक नेपालको तर्फबाट कार्यकारी प्रमुखको औपचारिक भ्रमण यो पहिलो पटक हुँदैछ । यस अर्थमा यो भ्रमण आफैंमा महत्वपूर्ण हो भन्ने ठान्दछु ।’ प्रधानमन्त्री ओलीका अनुसार २१ चैत्रमा उनले थाइल्यान्डका प्रतिष्ठित व्यापारीहरूसँग भेटघाट–छलफल र दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने तालिका छ। त्यसपछि उनी डिनरमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओली २१ चैत्र दिउँसो हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि बिहान ‘मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्ट’ मा हुने हस्ताक्षर समारोहमा सहभागी हुनेछन् । २१ चैत्र साँझ नेपाली दूतावासमा आयोजना गरिएको रिसेप्सन (रात्रिभोज) मा सहभागी भएसँगै प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण समाप्त हुनेछ ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.