नेपाल दर्पण, काठमाडौं ।
राजा पक्षधर समूहले आज काठमाडौंको तीनकुनेमा शक्ति प्रदर्शन गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको कमाण्डमा राजा नारायणहिटी फर्काउने अभियान अन्तर्गत शक्ति प्रदर्शन गरेको हो । राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर राजावादीहरू निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडप भएको थियो ।
राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंको खोजीकार्य जारी छ । शुक्रबारको उनको अन्तिम लोकेसन ललितपुरको भैंसेपाटी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले उनको खोजीकार्य जारी रहेको जानकारी दिए । “हिजो धर्मगुरु पुस्कर खतिवडाको घरमा फलफूल खाएर निस्किएको पाइयो । अहिलेसम्म पक्राउ परेका छैनन्,” एसपी रेग्मीले भने ।
खतिवडालाई भने आज बिहान प्रहरीले पक्राउ गरिसकेको छ । आफूलाई प्रहरीले जहाँ बोलायो त्यहीँ आउने बताएका प्रसाईं त्यसको केहीबेरमै सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन प्रसाईंको शुक्रबारको अन्तिम लोकेसन भैंसेपाटी देखिएको हो ।
राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परिसकेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ । प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ । गृहमन्त्री रमेश लेखकले पनि प्रसाईं छिट्टै पक्राउ पर्ने बताएका छन् ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.