सत्ता र शक्तिको उन्मादमा ओलीले भने कुलमान हटे अर्को आयो, सकियो

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सत्ताको उन्माद बढ्दै गएको छ । कुलमान घिसिङका विषयमा प्रधानमन्त्रीले प्रश्न गर्दा उनले जवाफ दिइरहनु नपर्ने स्पष्ट पारेका छन् । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको भन्दै माओवादी केन्द्रसहित विपक्षी दलले सदन अवरोध गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेको थियो । तर ओलीले एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुनपर्ने बताए ।

माओवादी सांसद शक्ति बस्नेतले कुलमानका विषयमा गरिएको निर्णय सरकारले फिर्ता गर्नुपर्ने र प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरेका थिए । विपक्षीको अवरोधपछि संसद बिहीबारसम्मका लागि स्थगितसमेत भएको छ । युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गर्दैमा जवाफ दिइरहनु नपर्ने बताए ।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति ग¥यो । सकियो । त्यही हो जवाफ । उनीहरूलाई सहयोग हुने उनीहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ उनले भने । एउटा हटाइयो, अर्को नियुक्ति गरियो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’

प्रधानमन्त्री ओलीले माओवादीसहितका विपक्षी दललाई सस्तो भएको आरोप लगाए । उनले भने,‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । ओलीले विपक्षीहरुलाई धेरै उत्ताउलो नहुन आग्रह गरेका छन् । उनले विपक्षीहरुले चिसै पानीले नुहाउनुपर्ने दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *