झुक्यो ओली सरकारः भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय

नेपाल दर्पण, काठमाडौं ।

सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेका छन् । बुधवार बालुवाटारमा बसेको सत्तापक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत १८ गतेभित्र प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था रहेकाले सो अवधिसम्म प्रमाणीकरण हुने स्थिति नदेखिएको भन्दै अध्यादेश फिर्ता लिने निर्णय भएको बताए ।

अब भूमिसम्बन्धी अध्यादेश फिर्ता लिने र नियमित विधेयकको रूपमा सदनमा लैजाने निर्णय भएको उनले बताए । घिमिरेले भने, ‘भूमिसम्बन्धी अध्यादेश अध्यादेशकै रूपमा जानसक्ने अवस्था रहेन। १८ गतेभित्र प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था हो । त्यसले गर्दा अध्यादेशको रूपमा प्रतिस्थापन विधेयकको रूपमा आउनसक्ने अवस्था रहेन। यसलाई अब नियमित विधेयकको रूपमा लैजाने र नियमित विधेयकमा अरू सत्तारुढ दलहरूको जे भनाइ छ, त्यसलाई आउने विधेयकमा समेटेर लैजाने भन्ने निर्णय भयो ।’ विधेयक लैजाँदा सत्तारुढ दलहरूका माग सम्बोधन गरेर अघि बढाइने पनि उनले जानकारी दिए ।

सो बैठकमा सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी (जसपा) नेपालले यथास्थितिमा भूमि अध्यादेश स्वीकृत गराउन नसकिने अडान कायम राखेपछि उक्त विधेयक निष्कृय हुन दिन निर्णय भएको हो । उक्त विधेयक आगामी चैत १८ गतेबाट स्वतः निष्कृय हुँदैछ ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.