सफाई कर्मचारीलाई १ हप्ताभित्र तलब नदिए ‘सबैलाई टुकुचामा गाडिदिने बालेनको धम्की’


नेपाल दर्पण, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारको दम्भका कारण महानगरका सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । साहले महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए ‘सबैलाई टुकुचामा गाडिदिनेझ धम्की दिएका हुन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै सरकारको दम्भका कारण सरसफाइ कर्मचारीले तीन महिनादेखि तलव खान नपाएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !!’
बालेनले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई अघोषित निलम्बन गरेका छन् । उनले नयाँ प्रशासकीय अधिकृत पठाउन सरकारलाई पत्र लेखे पनि सरकारले पुरानैलाई निरन्तरता दिएको छ । उनको कार्यालयमा बालेनको सचिवालयले तालाबन्दी गरेको छ । प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीले तलब पाएका छैनन् ।
केही वर्षअघि बालेनले सरकारप्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत ‘सिंहदरबार जलाइदिने’ धम्की दिएका थिए । सर्वत्र आलोचनापछि उनले सो स्टाटस मेटाएका थिए । सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा भने बालेनले मौनता साँधेका छन् ।