नेपाल दर्पण, काठमाडौं ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको जानकारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले दिए । उनले भने‘आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो । पटकपटक स्पष्टीकरण सोध्दा पनि उनले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन ।’
असोजदेखि ऊर्जा मन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो । पछिल्लोपटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नू भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको स्रोत बताउँछ । घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक उनलाई स्पष्टीकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण दिएका थिए । घिसिङको कार्यकाल सकिन करिब चार महिना बाँकी छ । चार महिना बाँकी रहँदा पनि सरकारले काममा अवरोध गर्दै घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेको थियो ।
विषेश गरी घिसिङ असारयता डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादमा लिएको अडानका कारण सरकारको टाउको दुखाइ बनेका थिए । र एउटाको बहिर्गमन निश्चित थियो । परिणमस्वरुप घिसिङ बाहिरिनु पर्यो ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् । क्याप्सनमा लेखेका छन्, ’कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न !’
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.