नेपाल दर्पण, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) सहित चार दल आवद्ध समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा गर्ने वृहत जनप्रदर्शनमा कुलमानको पक्षमा आवाज उठाउने भएको छ । राजावादीहरुको गतिविधिको विरोध र सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न सो कार्यक्रममा कुलमान हटाएको विषय पनि थपिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए ।
‘राम्रो काम गरिरहेको बेलामा कुलमानलाई सरकारले हटाउने, अपमान गर्ने, निरन्तर प्रताडित गर्ने काम गरेको छ । त्यो गम्भीर प्रकारको जनविरोधी, जनताको पक्षमा काम गर्ने व्यक्तिहरुलाई नसहने, आफ्नालाई पोस्ने, आफू अनुकूलताका लागि विभिन्न ठाउँमा स्थापित गर्ने, राज्यको दोहन गर्नेतिर सरकार गएको छ । हामीले सरकारको बेथितिको विषयलाई लिएर १५ गते वृहत प्रदर्शन पनि गर्दैछौं । जनतासँग जोडिने अभियानको प्रसंगमा पनि छौं । कुलमानको प्रसंगलाई पनि जोडेर जनतालाई अहिलेको सरकारको शैली, प्रवृत्ति र गतिविधिको बारेमा प्रष्ट पार्न, सरकारले गरिरहेका गलत क्रियाकलापको प्रतिवाद गर्न अपिल गर्दै हामी अगाडि बढ्छौं,’– उनले भने ।
यता, वरिष्ठ अधिवक्ता डा.गान्धि पण्डितले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर गलत गरेको बताएका छन् । कुलमानजस्तो कुशल प्रशासकलाई सरकारले टिक्न नदिएको भन्दै उनले आपत्ति जनाए ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.