नेपाल दर्पण, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला गोरखा भ्रमणमा रहेका छन । उनले आज गोरखनाथ मन्दिरको दर्शन गरेका छन् । मन्दिर दर्शन गरेर बाहिरिने क्रममा ठूलो संख्यामा उपस्थित् भएकाहरुले देश बचाउनको लागि आग्रह गरेका छन् । कतिपयले भने ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए ।
फागुन २५ गते देशमा राजासंस्था फर्काउने भन्दै सडक तातिएको छ । उता, गणतन्त्रवादीहरुले पनि गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् । पूर्वराजा शाहले गोरखामा रहेको प्रसिद्ध मनकामना मन्दिरको पनि दर्शन गर्ने कार्यतालिका छ ।
यता, राजाप्रति जनताको जनसागर देखेर गणतन्त्रवादी नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अत्तालिएर बर्बराउन थालेका छन । उनले आफूहरु जीवित रहँदासम्म हजारौंको बलिदानीबाट प्राप्त भएको उपलब्धी कुनै पनि हालतमा गुम्न नदिने उनले बताएका छन । उनले वर्तमान संविधानमा धेरै राम्रा कुराहरु समावेश भएको बताउँदै अरु उपलब्धीको लागि अगाडि जानुपर्ने बताए । वर्तमान संविधानलाई उपयुक्त हुने राजनीतिक प्रणाली प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली रहेको प्रचण्डले बताए । अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुको विकल्प नरहेको उनको भनाइ छ । प्रचण्डले अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो र जोकोही चुनाव लड्न नसक्ने रहेको बताए ।
उनले वर्तमान सरकारको कारण इतिहासका कुडाकर्कटमा गइसकेकाहरुले पनि टाउको उठाउने दुस्साहस गरेको बताएका छन् । उनले सरकारले बेथिति र अराजकतालाई प्रश्रय दिँदा पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुको गतिविधि बढेको बताएका हुन् । ‘भ्रष्टाचारको रक्षाका निम्ति बनेको यो सरकार र बेथिति र अराजकतालाई प्रश्रय दिने यो सरकारका कारणले नै अहिले इतिहासका कुडाकर्कटमा गइसकेकाहरुले पनि टाउको उठाउने दुस्साहस गरेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन । तर, त्यो दुस्साहसको विरुद्ध पनि हामीले प्रतिवाद गर्नु नै पर्ने छ । मलाई विश्वास छ, आउने १५ गते पुग्दा नपुग्दै त्यो त सिद्दिनैहाल्छ,’– उनले भने ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.