नेपाल दर्पण, काठमाडौं ।
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतले नेपालमा सरकार परिवर्तन नचाहेको बताएकी छिन । भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रवार स्वदेश फर्किएकी उहाँले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताइन्।
नेपालमा व्यवस्था परिवर्तनका लागि राजावादीहरूको गतिविधि भइरहेका कदमप्रति भारत बेखबर नरहेको उनको भनाइ छ । उनले भारतका विदेशमन्त्री, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गरिन् । मन्त्री देउवाले भनिन ‘उहाँहरूको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने उहाँहरूको हरेक गतिविधिबाट बुझ्न जरुरी छ । अहिलेको सरकारसँग एकदमै इन्गेज हुनुहुन्छ, उहाँका ट्रेड मिनिस्ट्री, पावर मिनिस्ट्री, फरेन मिनिस्ट्री सरकारको सिस्टमै चेन्ज हुने भन्ने जस्तो आशय मैले देखेको छैन ।’
परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरूसँग भएको द्विपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षापरिषद् लगायत विभिन्न परिषद्मा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताइन् । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उनको भनाइ छ ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.