नेपालमा फेसबुक–इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जाल बन्द हुने !


नेपाल दर्पण, काठमाडौं ।
नेपाल सरकारले सरकारले सामाजिक सञ्जालहरूलाई रोक लगाउने चेतावनी दिएको छ । नेपालमा एक महिनाभित्र सञ्जाल दर्ता नभए सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई बन्द गर्ने चेतावनी दिएको हो ।
सामाजिक सञ्जाललाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो पटक सूचना प्रगरेर दर्तामा नआए फेसबुक–इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने चेतावनी दिएको हो । ‘…तोकिएको समयभित्र सूचीरकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिशकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्जालनमा रोक लगाउन सक्ने व्रुयहोरा समेत जानकारी गराइन्छ ।’ बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।