ज्ञानेन्द्र शाहको पक्षमा निस्किएको जनसागर विरुद्ध एमालेले आन्दोलन गर्ने

नेपाल दर्पण, काठमाडौं ।

केहि दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निस्किएको जनसागर विरुद्ध नेकपा एमालेले आन्दोलन गर्ने भएको छ । पार्टी महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकमार्फत सम्बोधन गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै प्रतिगामी गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

तीन महिने वडाकेन्द्रित अभियानलाई विस्तार गर्दै एमालेले चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हा े। चैत १८ गते देशका विभिन्न प्रमुख सहरहरूमा मोटरसाइकल ¥याली र जिल्लास्तरीय जागरण सभा आयोजना गरिने एमालेले जानकारी दिएको छ ।

त्यस्तै चैत २४ देखि ३० गतेसम्म धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष जनप्रदर्शन र आमसभा गर्ने निर्णय एमालेले गरेको छ । महासचिव पोखरेलले जनचेतना अभियानलाई तथ्यमा आधारित बनाई संविधान, लोकतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायका उपलब्धिहरूको बचाउ गर्न विशेष ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *