नेपाल दक्षिण एसियाको भारत भन्दा खुसी देश, विश्वमा फिनल्याण्ड


नेपाल दर्पण, काठमाडौं ।
नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिण एसियाको सबैभन्दरुा खुसी देशमध्ये नेपाल शीर्ष स्थानमा परेको छ । डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२ औ स्थानमा रहेको छ भने पाकिस्तान १०९ औ स्थानमा रहेको छ ।
यस्तै छिमेकी मुलुक भारत भने ११८ औ स्थानमा रहेको छ । यसैगरी श्रीलंका १३३ औ स्थान, चीन ६८ औ स्थान, अमेरिका २४ औ स्थान र बंगलादेश १३४ औ स्थानमा रहेको छ । यसैगरी विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्याण्ड रहेको छ । यसैगरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्याण्ड, चौथौ स्थानमा स्वीडेन, पाँचौ स्थानमा नेदरल्याण्डस्, छैठौं स्थानमा कोस्टारिका, सातौ स्थामा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औ स्थानमा मेक्सिको रहेको रिपोर्टमा उल्लेख छ ।
जीवनको मुल्यांकन, सकारात्मक सोच, नकारातम्क भावना र जीवनको मुल्रुयांकन तथा भावनाको तुलनात्मक अध्रुययन गरेर खुसी हुने देशहरुको मापन गरिएको रिपोर्टमा उल्लेख छ । उत्कृष्ट १० खुसी देशः १. फिनल्याण्ड, २. डेनमार्क, ३. आइसल्यान्ड, ४. स्वीडेन, ५. नेदरल्याण्डस्, ६. कोस्टारिका, ७. नोर्वे, ८. इजरायल, ९.लग्जम्बर्ग, १०. मेक्सिको ।