कुलमान घिसिङ उज्यालो नेपालका नायक हैनःउर्जामन्त्री दीपक खड्का

नेपाल दर्पण, काठमाडौं ।

उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ उज्यालो नेपालका नायक नभएको बताएका छन् । उनले अहिलेपनि नेपालमा साँझको समय घरमै लोडसेडिङ हुने अवस्था रहेको बताए ।

उनले भारतबाट आयत गरिएको विद्युत र निजी क्षेत्रको कारढा लोडसेडिङ हटेकोजस्तो अनुभूति भएको दाबी गरे । उनले भने,‘हिजो पनि लोडसेडिङ थियो, आजपनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ, ‘हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युत्ले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ ।’

कार्यकारी निर्देशक घिसिङ उद्योगका लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्काले आरोप लगाएका छन् । ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है । बरु यो धन्यवाद भारतलाई दिऊँ निजी क्षेत्रलाई दिऊँ ।’

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भने पनि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखिएको बताए । प्राधिकरण नाफामा रहेको भनी गरिएको दावीमा कुनै सत्यता नभएको उनको तर्क छ ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.