नेपाल दर्पण, काठमाडौं ।
यात्रु वाहक बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा उक्त बस दुर्घटनाग्रस्त भएको हो । जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस आज विहान ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ
दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको छ । हालसम्म घाइतेहरूको विवरण सङ्कलन गरिसकिएको छ । ६ जनालाई गम्भीर चोटपटक लागेको बताइएको छ । घाइतेहरूको उपचार ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको बताइएको छ ।अन्य घाइतेलाई सामान्य चोटपटक लागेको छ ।
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.