‘लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै ज्ञानेन्द्र शाहको पनि हो’

नेपाल दर्पण, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न उनले राजावादीहरुलाई आग्रह गरेका छन । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारको बेथिति र असफलताले व्यवस्थाप्रति मोहभंग भएको र त्यसका कारण देखिएको असन्तुष्टिका कारण पुरातनवादी शक्तिहरू हौसिएको उनको तर्क छ ।

‘लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरुले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ । यो कुरालाई कमजोरी नठानियोस् । तर, लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एकपटक आफ्नो शक्ति देखाउने छ । यो चुनौती पनि म राख्न चाहन्छु,’– प्रचण्डले भने । सरकारको विश्वसनियता सकिएका कारण पुरातनवादी शक्तिहरू हौसिएको बताएका छन् ।

प्रचण्डले सरकार असफल भइरहेको र पुरातनवादीले समेत प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिरहेकाले सरकारका गलत क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको बताए । राजावादीको चहलपहलको पछाडि देशभित्र र बाहिरका संगठित चलखेल देखिएको उनले बताए । संसारका विभिन्न देशहरूमा तानाशाही राजाहरूको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआक्न उनले चेतावनीसमेत दिए । उनले लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए । आफू ८ महिना अघिसम्म सरकारका रहँदा नदेखिएको असन्तुष्टि अहिलेको सरकार बनेपछि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको उनले बताए । प्रचण्डले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले नदेखेको भन्दै सरकारलाई विचौलियाले चलाइरहेको आरोपसमेत लगाए ।

राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको स्मरण गराउँदै उनले अहिले राजावादी साथीहरु सम्मानित संसदमै रहेको बताए । उनले लोकतन्त्र र राजतन्त्रको तुलना यस कारण पनि हुन नसक्ने बताए । विचारका रुपमा राजतन्त्रसँग आफ्नो असहमति रहेको बताउँदै प्रचण्डले लोकतान्त्रिक हकको भने सम्मान गरिने बताए । प्रचण्डले १ सय ६ वर्ष अघि राजतन्त्र समाप्त भएको रुस, १ सय ७५ वर्षअघि राजतन्त्र समाप्त भएको फ्रान्स, सर्विया, बुल्गेरिया, इरान, अफगानिस्तान लगायतका देशमा अझैं पनि राजावादी पार्टीहरु अस्तित्वमा रहेको उनले बताए ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

13 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

2 days ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

3 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.