राजावादीको जनप्रदर्शनले चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था फर्कने संकेतः राप्रपा

नेपाल दर्पण, काठमाडौं ।

राप्रपा नेपालले पूर्वराजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेको निष्कर्ष निकालेको छ । सोमबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले फागुन २५ गते काठमाडौंमा देखिएको जनप्रदर्शनले चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना हुने सुस्पष्ट संकेत गरेको ठहर गरेको छ ।

पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा अब केही समयका लागि एक्लाएक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्नसमेत अनुरोध गरिएको छ । सर्वपक्षीय सहमतिका आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै सो पार्टीले जनचाहना र भावनालाई दमन वा उपेक्षा गर्ने प्रयास गरिए अप्रिय दुर्घटना हुने चेतावनी दिएको छ ।

यस्तै, राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवलशमशेर राणाले पूर्वराजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मलनिवास पु¥याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ दाबी गरेका छन् । साथै उनले राजालाई अब चाँडै नै राजगद्दीमा राख्ने उद्घोषसमेत गरे । ‘राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मलनिवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्म निरपेक्षतावादीहरुको मुटु हल्लिएको छ । अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन,’ राप्रपा महामन्त्री राणाले सोमबार राप्रपाद्वारा आयोजित मोटरसाइकल ¥यालीलाई सम्बोधन गर्दै भने ।

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, संस्कृति पनि पुनःस्थापना गर्ने राणाले बताए । १४ अरब रुपैयाँ खाएर हाम्रो धर्म, रीतिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टि भएको उनले बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका राणाले उपस्थित जनसमुदायलाई काठमाडौं केन्द्रित आन्दोलनमा भाग लिन चैत्रमा राजधानी आउन आमन्त्रण गरे ।कार्यक्रम बीरेन्द्र चोकमा कोणसभामा परिणत हुनपर्व मोटरसाइकल ¥यालीले नगर परिक्रमा गरेको थियो । ¥यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

13 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

2 days ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

3 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.