लोडसेडिङ अन्त्य कुलमानले गरेको हैनःउर्जामन्त्री

नेपाल दर्पण, काठमाडौं ।

उर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य गर्ने कार्यमा हालका एमडी कुलमानको कुनै योगदान नभएको बताएका छन । उनले भने, ‘लोडसेडिङ हटाउने कार्यमा हालका एमडी कुलमानको कुनै योगदान छैन तर यसको सम्पुर्ण श्रेय उहाँ आफैले लिँदै हिड्ने गर्नुभएको छ ।’ उनले भने, भारतको सहयोगको कारणमात्रै सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले भने,‘बिद्युतको आन्तरिक माग उत्पादनले धान्न नसकेपछि लोडसेडिङ्ग गर्नु पर्ने वाध्यता परेको थियो । लोडसेडिङ्ग बाध्यता हटाउन भारतबाट बिद्युत खरिद गर्नु शिवाय अर्को बिकल्प थिएन । आज पनि सुख्खायाममा भारतबाट करिव एक हजार मेगावाट बिद्युत खरिद गरी लोडसेडिङ्गमुक्त गरिएको अवस्था छ ।’ उनले २०६३÷०६४ मा तत्कालीन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो कार्यकालमा डल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणको कार्य गराएको र तत्कालीन एमडी मुकेश काफ्ले रहेको अवस्थामा भएको प्रशारण लाइन निर्माणका कारण लोडसेडिङ्गमुक्त गर्न सफल भएको दाबी सुनाए ।

यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो आरोप लगाएका हुन् । उनले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरुले जग हँसाएको समेत आरोप लगाए । नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको नभएको उल्लेख गर्दै उनले राम्रा÷नराम्रा पक्षहरूको विश्लेषण गर्नुपर्ने बताए ।

उनले भने, ‘एउटा कर्मचारीलाई लिएर दलीयकरण गरेर संसदको सम्पूर्ण प्रतिपक्ष हिजो उठेर एउटा कर्मचारीको पक्षमा उभिएको देख्दा मलाई त लाज पनि लाग्यो । धेरै जना यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ, मन्त्री पनि हुनुभएको । एकजना कर्मचारीका लागि दलीयकरण गरेर यो जग हसाउने काम नगरौ ँ। उहाँको देवत्वकरण पनि नगरौँ । केही राम्रा काम पनि होलान् । केही नराम्रा पक्ष पनि होलान् । नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको छैन । यो कुरामा क्लियर हुनुस् ।’ प्रमुख सचेतक घिमिरेले यसैगरी देवत्वकरण गर्ने भए घिसिङलाई नै प्रतिपक्षी दलको अध्यक्ष बनाउन अनुरोध गरे ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

6 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.