कुलमानलाई सुन्य अंक दिदै उर्जामन्त्रीले भने निकाल्ने तयारी छैन


नेपाल दर्पण, काठमाडौं ।
उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङलाई हटाउन कुनै चलखेल नगरेकोे बताएका छन । तर उनले निर्धारित समयभन्दा ढिला कार्यसम्पादन बुझाएकाले कुलमानले शून्य अंक पाएको बताएका छन् । उनले ‘परीक्षामा विद्यार्थी सहभागी नहुँदा के हुन्छ ?’ भन्दै सञ्चारकर्मीहरुलाई प्रतिप्रश्नसमेत गरेका थिए ।
साथै, सरकारले कुलमानलार्ई हटाउन कुनै चलखेल जगरेको बताए । कुनैपनि कर्मचारीलाई हटाउनुपर्ने अवस्थामा सरकारले चलखेल गर्नै नपर्ने उनले बताए । आवश्यकताअनुसार कर्मचारी राख्न र हटाउन सक्ने अधिकार सरकारलाई रहेको बताउँदै उनले अहिले कुलमानलाई हटाउने सरकारको कुनै तयारी नरहेको बताए । आज (बुधबार) तनहुँमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले प्राधिकरणमा रहेर राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डितसमेत गरिने बताए ।