नेमकिपामा २०३१ सालदेखि सर्वसम्मतीले अध्यक्षमा बिजुक्छे

नेपाल दर्पण, काठमाडौं ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पुन नारायणमान बिजुक्छे (रोहित)लाई सर्वसम्मतीले को अध्यक्षमा पुनः चयन गरेको छ । नेमकिपाको आठौँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो । ८ औंं महाधिवेशनको अन्तिम आज बिजुक्छें सर्वसम्मती अध्यक्ष बनेका हुन । उमेर ८५ वर्ष पुगेका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिएका थिए । उनले जित्दै आएको भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।

महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन भएका छन् ।

यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।

स्मरण रहोस, विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजुक्छें सर्वसम्मत अध्यक्ष रहँदै आएका छन् ।

Chief Editor

Recent Posts

मन्त्री, महामन्त्री, सभापति कांग्रेस पार्टीबाट निष्कासित

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…

4 days ago

एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…

2 weeks ago

जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

2 weeks ago

०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…

2 weeks ago

भिजिट भिसा प्रकरण छानबिन सरकारले दबाएको रास्वपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…

3 weeks ago

तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…

3 weeks ago

This website uses cookies.