‘राजा आऊ देश बचाउ’ भन्दै काठमाण्डौमा राप्रपाको प्रर्दशन


नेपाल दर्पण, काठमाडौं ।
‘राजा आऊ देश बचाउ’ नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा बृहत् मोटरसाइकल ¥याली आयोजना गरेको छ । बबरमहलस्थित बिजुलीबजार पुलमा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताहरू माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटीसम्म मोटरसाइकल ¥यालीमा सहभागी भए ।
बुधबार मध्याह्न आयोजित उक्त ¥यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ति शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, लगायत नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए । ¥यालीमा राष्ट्रिय झन्डासहित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्बिर प्रदर्शन गरिएको थियो ।
राप्रपाले राजसंस्था पुनःस्थापना, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, तथा भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रदर्शन गरेको हो । व्यवस्था परिवर्तनको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले आफ्नो मागलाई बल दिन राजधानीका विभिन्न मार्ग हुँदै नारायणहिटीसम्म मोटरसाइकल ¥याली सम्पन्न गरेको जनाएको छ ।