भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्ने तयारीमा सरकार

नेपाल दर्पण, काठमाडौं ।

हरतरहको प्रयासपछि भूमिसम्बन्धीअध्यादेश पास हुनसक्ने अवस्था नदेखेपछि सरकार फिर्ता गर्ने तयारीमा पुगेको छ । अध्यादेश पास गर्न सरकालाई प्रतिनिधिसभामा कुनै समस्या नभए पनि राष्ट्रियसभाबाट अघि बढाउन सत्ता समर्थित जसपा नेपालको साथ अनिवार्य छ । तर उसलाई फकाउने प्रयास विफल हुनुका साथै सत्तामै रहेको लोसपालेसमेत साथ नदिएपछि फिर्ता लिने निष्कर्षमा सरकार पुगेको हो । सत्तारुढ दलका नेताहरू यही विषयमा अहिले छलफलमा छन् ।

सरकारले संसद् अधिवेशनको मुखैमा विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । तीमध्ये भूमिसम्बन्धी अध्यादेश भने भूमाफिया, दलाल र बिचौलिया पोस्ने गरी ल्याइएको भन्दै विपक्षीले मात्रै नभई सत्तासाझेदार र सरकार समर्थित दलले नै आपत्ति जनाउँदै आएका छन् । भूमिसम्बन्धी अध्यादेशमा सहमति खोज्नका लागि भन्दै सरकारले पाँचवटा अध्यादेश मात्रै सदनमा प्रस्तुत गर्न लागेको हो । कार्यव्यवस्था परामर्श बैठकपछि एमाले मुख्य सचेतक महेश बर्तौलाले पाँच अध्यादेशमात्रै निर्णयार्थ प्रस्तुत गर्नेगरी कार्यसूचीमा राखिएको जानकारी दिए ।

भूमिसम्बन्धी अध्यादेशमा सत्तासाझेदार दलका बीचमा केही फरक मत आएकाले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने वा नयाँ विधेयकमार्फत अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेकाले अहिले संसद्मा प्रस्तुत नगर्ने निर्णयमा पुगिएको उनले बताए । बर्तौलाले अध्यादेशका विषयमा सत्ता साझेदारबीच उच्चतहमा समझदारी रहेको दाबी गरे । त्यस्तै, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरले भूमिसम्बन्धी अध्यादेशलाई होल्डमा राखेर विषयवस्तुमा छलफल गरिने र आवश्यक निर्णय लिइने जानकारी दिए ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.