नेपाल दर्पण, काठमाडौं ।
भागेर भारत आएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले छिटै स्वदेश फर्कने घोषणा गरेकी छन् । उनले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् । एक भीडियो सन्देश जारी गर्दै ढाका फर्किएर युनुसका गैरकानूनी कामको जाँच गराई जनतालाई न्याय दिलाउने बताइन् ।
अवामी लीग पार्टीकी नेता शेख हसीनाले भनिन, ‘म स्वदेश फिर्ता आउनेछु र सबैको जाँच गर्नेछु । मोहम्मद युनुसको सरकारले आतंकवादीलाई खुला छुट दिएको छ । उनीहरूले मान्छेको हत्या गरिरहेका छन् र लुटपाट मचाइरहेका छन् । बंगलादेशका संस्थाहरू अवैध कब्जा गरे। म स्वदेश फिर्ता भएर जनतालाई न्याय दिलाउनेछु ।’ हसीनाले युनुसमाथि आतंकवादीलाई खुलेआम छुट दिएको र देशका सार्वजनिक संस्थाहरूमाथि अवैध कब्जा गराएको आरोप लगाइन् ।
यद्यपि मोहम्मद युनुस सरकारले भने हसीनाको दल अवामी लीगलाई आगामी चुनावमा भाग लिन नदिने घोषणा गरेको छ । हसीनालाई देश छोड्न बाध्य बनाउने विद्यार्थीहरूले पनि शुक्रवार राजनीतिक दल बनाएको घोषणा गरेका छन् । उनीहरूले नेशनल सिटिजन पार्टी (एनसीपी) खोलेका हुन् । यसबाट हसीनाको अवामी लीग र विद्यार्थीहरूको दलबीच प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ । स्मरण रहोस, प्रधानमन्त्री रहेका वेला ठूलो विरोध प्रदर्शन र हिंसा भएपछि उनी सन् २०२४ को अगस्त ५ तारिखमा ढाका छोडेर भारत शरण लिन पुगेकी थिइन् ।
नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने,…
नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन…
नेपाल दर्पण, काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ प्रधानमन्त्री…
नेपाल दर्पण, काठमाण्डौं । राजावादी आन्दोलनबाट आत्तिएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल…
नेपाल दर्पण, काठमाण्डौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा विशाल प्रर्दशन गरेका…
This website uses cookies.