नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच झडप

नेपाल दर्पण, काठमाडौं ।

काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच मुठभेड भएको छ । आइतबार ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार डीएसपी पौडेलको टाउको चोट लागेको छ । पौडेलको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले जानकारी दिए । परम्परागत पोशाकमा सजिएका उनीहरूले लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएका हुन् । उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *