ज्ञानेन्द्र शाहको वक्तव्य: एमाले नेतृ एवं पूर्व पराष्ट्रमन्त्री विमला राईको सर्मथन

नेपाल दर्पण, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको वक्तव्यको नेकपा (एमाले) कि नेतृ एवं पूर्व पराष्ट्रमन्त्री विमला राई पौड्यालले सर्मथन गरेकी छिन । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनतामाझ आह्वान गर्ने स्वतन्त्रता रहेको बताएकी छन् । उनले पूर्वराजालाई जनतामाझ आह्वान गर्ने, नागरिकको रुपमा राजनीतिक गतिविधि गर्नेलगायतका स्वतन्त्रता गणतन्त्रले दिएको बताईन् । उनले पूर्वराजाले आफ्नो चाहना जनतामाझ राखेकोमा यतिधेरै हल्ला गर्नुपर्ने आवश्यकता नरहेको बताईन् ।

‘हिजो राजा भएको मान्छे अहिले बाहिर बस्नुभएको छ । देशमा गणतन्त्र आइसक्यो । राजतन्त्रको अहिलेको सान्दर्भिकता मैले देख्दिनँ । जनतालाई आह्वान गर्न पाउनुहुन्छ । म विमला राई पौड्यालले यहाँ उभिएर मलाई चुनावमा जिताउ भन्न पाउँछु त । जनतालाई आह्वान गर्न उहाँ पनि नागरिकको रुपमा पाउनु हुन्छ । उहाँले राजनीति गर्न पाउनुहुन्छ । गणतन्त्र आयो भन्दैमा उहाँले चुप लागेर बस्नुपर्छ र ? चुनाव लड्नुभयो र जितेर आउनु भयो भने त आउनु भयो त ? तर, राजतन्त्र नै फर्किएर आउँछ जस्तो मलाई लाग्दैन,’– उनले भनिन् ।

पूर्वराजाले सार्वजनिक गरेको वक्तव्यलाई लिएर राजनीतिक वृत्तमा खैलाबैला सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत धेरैले टिप्पणी गरेका छन । राप्रपा नेपाल र राप्रपाले भने सर्मथन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *