सांसद किनेर अध्यादेश पारित गराउने तयारी गरिएको लिङदेन र यादवको आरोप

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सांसद किनेर अध्यादेश पारित गराउने तयारी थालेको आरोप लगाएका छन् । आज (शनिबार) बुटवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको प्रयास असफल हुने देखिएपछि सांसद किन्ने तयारी भइरहेको बताएका हुन् । उनले वर्तमान व्यवस्था काम नलाग्ने सावित भइसकेको दाबी गरे ।

साथै, उनले वर्तमान सरकार बनेको सात महिनामा कुनै पनि उपलब्धीमूलक काम नभएको बताए । अध्यक्ष लिङ्देनले प्रतिनिधि सभाको पहिला र दोस्रो ठूलो दल मिलेर सरकार बन्दा पनि जनतामा कुनै आशा जगाउने खालको काम हुन नसकेको बताए ।

यस्तै, सरकारलाई समर्थन गरेको दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारले सांसदहरु किन्ने प्रयास गरिरहेको आरोप लगाएका थिए । यादवले भूमाफियाले भूमिसम्बन्धी अध्यादेश पारित गराउन सरकारमाथि चर्को दबाब दिएको आरोप लगाएका छन् । उनका अनुसार सरकार सांसद ‘किन्न’ अर्बौं खर्च गर्न तयार रहेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले केही दिन पहिले भूमिसम्बन्धीलगायत ६ वटा अध्यादेश जारी गराएको थियो । संसद्को अधिवेशन बोलाउनुपर्ने बेला भइसक्ता पनि नबोलाई अध्यादेश जारी गराउने सरकारको कदमको उतिबेलै व्यापक आलोचना पनि भएको हो ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.