नेपाल दर्पण, काठमाडौं ।
अमेरिकी राष्ट्रपतिसँगको नोकझोकपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई ह्वाइटहाउसबाट निकालिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका क्रममा भनाभन भएपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिएका छन् । ह्वाइट हाउसमा आफ्ना उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो । जेलेन्स्की महत्वपूर्ण खनिजसम्बन्धी सम्झौता गर्न अमेरिका पुगेका थिए ।
ट्रम्पले आफ्ना उपराष्ट्रपतिलगायतसँग कुरा गरेका थिए । त्यस क्रममा ट्रम्पले जेलेन्स्की वार्ताको अवस्थामा नरहेको बताएका थिए । त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्ने समय भएको सन्देश पठाएका थिए । वार्तापछि फेरि दुवैले संयुक्त पत्रकार सम्मेलनको तयारी भए पनि हुन नसकेको बताइएको छ । जेलेन्स्कीले युक्रेनले पूर्ण सुरक्षा नपाएसम्म रुससँगको शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने अडान राखेका थिए ।
ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने भनेपछि दुई नेताबीच भनाभन भएको हो । भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछिजेलेन्स्की कुराकानी छोडेर निस्किए । बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीले अमेरिकासँग खनिजसम्बन्धी र युद्धविरामसम्बन्धी रुसँग कुनै सम्झौता नहुने प्रतिक्रिया दिए । युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्धभन्दा धेरै माथि रहेको बताए । उनले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद दिए । यता ट्रम्पले सामाजिक सामाजिक सञ्जालमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन् । दुई राष्ट्रपतिबीच मतभेद बढेपछि पत्रकार सम्मेलन पनि रद्द गरियो । बैठकमा जेलेन्स्कीमाथि ‘लज्जास्पद व्यहवार’ गरेको भन्दै डेमोक्र्याटहरूले राष्ट्रपतिट्रम्पको आलोचना गरेका छन् ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.