समयमै दुग्ध किसानको पैसा नतिरे आन्दोलनमा जाने चेतावनी

नेपाल दर्पण, काठमाडौं ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले दुग्ध विकास संस्थान र निजी डेरीहरूले किसानको पैसा नतिरेपछि सरकारको ध्यानाकर्षण गर्दै आन्दोलनमा जान बाध्य नपार्न चेतावनी दिएको छ । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर सरकारसँग ऋण लिएर पहिलेदेखिकै बक्यौता केही तिरे पनि अहिले पुनः पुरानै अवस्थामा पुगेकाले तत्काल चुक्ता गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डले सहजीकरण गरिदिनुपर्ने बताए ।

‘सरकारले गम्भीर रूपमा लिएर डिडिसीलाई पुनर्संरचनासहितको व्यवस्थापन नमिलाएसम्म यो देशका कोही पनि पैसा तिर्न अगाडि सर्दैनन्’, उनले प्रश्न गरे, ‘निजी संगठनले एक दुईवटा भए पनि ठूला डेरीहरूले बदमासी गरेकाले कारबाही किन गरेन ?’ निजीका ठूला सुजल, नेपाल डेरी, राजधानी लगायतका डेरीका बक्यौता धेरै रहेको उनले बताए । नेपालमा दूध उत्पादन धेरै नभएको तर चोरी निकासी धेरै भएर समस्या भएको कुँवरले बताए । ‘सरकारले काठमाडौँमा बसेर नाकाबन्दी लगाइदिएको छ तर नाकामा बसेका सरकारका अंगले छाडिदिएका छन्, जसले गर्दा ठूलो मात्रामा दुग्धजन्य पदार्थ भित्रिरहेका छन्’उनले भने, ‘दैनिक छुर्पी सहितको जोड्दा ३२ देखि ३५ लाख लिटर दूधको कारोबार हुनुपर्नेमा कहाँबाट आएको छ, अहिले छुर्पी बाहेक १५÷२० लाख पनि नपुग्ला जस्तो छ ।’

गत माघ १५ सम्म डिडिसी र निजीको गरी साढे २ अर्ब किसानको भुक्तानी बाँकी रहेको भन्दै उनले केहीले असोजदेखिको पैसा नतिरेको उल्लेख गरे । ठूला डेरीहरूले समस्या गराएकाले पुनः ध्यानाकर्षण गरिएको भन्दै उनले निजी क्षेत्रको मात्रै करिब १ अर्ब ६० करोड रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताए । यसअघि कृषि मन्त्रालय र संघबीच भएको ११ बुँदे समझदारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गर्ने र किसानको बक्यौता दिन ढिलाइ गरिए आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी छ ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

9 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

1 day ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.