४० वर्षदेखि महिला अन्तरराष्ट्रिय फुटबल फाइनल यात्रामा नेपालको सधै हार

नेपाल दर्पण, काठमाडौं ।

फोर नेशन्स अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यान्माले जितेको छ । फाइनलमा हार बेहोर्ने नियतिले निरन्तरता पाउँदा बुधबार नेपाली राष्ट्रिय महिला टिम म्यानमारसँग फेरि स्तब्ध बन्यो । नेपाल म्यानमारसँग २–० ले पराजित बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आज साँझ भएको फाइनलमा म्यान्माले उपाधि उचालेको हो । झण्डै चार दशक लामो महिला अन्तरराष्ट्रिय फुटबल यात्रामा अहिलेसम्म नेपालले उपाधि जित्न सकेको छैन । अहिलेसम्म नेपालले १३ वटा फाइनल खेल्दा सबै फाइनलमा हार बेहोरेको छ ।

साफ च्याम्पियनसिप, साग र अन्य ३ प्रतियोगितामा नेपाल फाइनलमा पराजित भएको तितो इतिहास छ । यो नेपाली महिला टिमले बेहोरेको १३ औं फाइनलको हार हो । नेपालले सन् १९८६ को डिसेम्बरमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । हङकङविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय खेलको अनुभव लिएको नेपालले त्यसयता महिला फुटबलमा उल्लेखनीय प्रगति गर्न सकेको छैन । पहिलो अन्तर्राष्ट्रिय खेलदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपसम्म नेपालले ३९ वर्षमा कुल १३ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिसक्यो । तर, नतिजा– सधैँ उपविजेता ।

आज पहिलो हाफमा दुवै टोलीले बराबरी खेले पनि दोस्रो हाफ सुरु भएको केही समयमै म्यान्माले नेपालविरुद्ध लगातार दुई गोल गरेको थियो । म्यान्माका लागि खेलको ६२ औँ मिनेटमा यु पर खिनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि खेलको ६४ औँ मिनेटमा कप्तान विन थेइङ्गी तुनले अर्को गोल थप्दै म्यान्माको अग्रता दोब्बर बनाइन् । बक्सको दायाँ भागबाट हानेको प्रहार नेपाली किपर एन्जिलाले रोकेकी थिइन् तर पूर्णरुपमा क्लियर नभएको बल पुनः विनले पाइन् । उनले छातीले हानेको बल गोलमा परिणत भयो ।

गीता रानाले बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन् । सन् २०१९ को फरवरीमा भारतको भुवनेश्वरमा भएको हिरो गोल्ड कपमा नेपाल र म्यान्माले फाइनल खेलेका थिए । उक्त खेलमा पनि नेपाल पराजित भएको थियो । नेपालले अहिलेसम्मका म्यान्मासँगको ५ भेटमा हराउन सकेको छैन । गत कार्तिकमा घरेलु मैदानमा भएको साफ च्याम्यिनसीपमा नेपाल फाइनलमा बंगालादेशसँग पराजित हुँदै उपविजेतामा सिमित बनेको थियो ।

नेपालले हालसम्म ६ पटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप, एकपटक नादेज्दा कप, एकपटक वाफ महिला च्याम्पियनसिप र एक पटक अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेले पनि सबैमा हार बेहोरेको छ । यसबाहेक, बंगलादेश र म्यानमारसँग समान दुईपटक हार बेहोर्दा ताजिकिस्तान र जोर्डनसँग नेपालले समान एकपटक फाइनलमा हार बेहोरेको छ ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.